विगत केही वर्षदेखि सर्लाही जमुनियास्थितमा मदनपुर बजारमा रहेका घर पसल, र धानको परालमा आगो लगाउँदै हिड्ने दुई जना पक्राउ परेका छन्।
पटक पटक व्यक्तिगत रिसिईबी तथा ईर्स्यामा आगो लगाउँदै गरेको बेला चैत २३ गते राति विरेन्द्र राय यादव पक्राउ परेका छन्।
कबिलासी नगरपालिका वार्ड नं. ६ बस्ने राम नरेश राय यादवको छोरा बिरेन्द्रले मदनपुर बजारमा रहेको कस्मेटिक, स्टेसनरी र कपडा पसलमा पेट्रोल छर्किएर आगो लगाएका थिए।
आगलागीबाट १० लाख ६० हजारभन्दा बढी मूल्य बराबरको क्षति भएको भन्दै आगो लगाउने कबिलासी ३ बस्ने महायन रायको छोरा कृष्ण नन्दन राय यादव र पालधारी रायको छोरा बलिराम रायसमेतलाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरुलाई गएको चैत २३ गते राति पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रमुख प्रहरी निरीक्षक अनिल ठकुरीले जानकारी दिए।
बिरेन्द्रले मदनपुर बजारमा रहेको कस्मेटिक, स्टेसनरी र कपडा पसलमा पेट्रोल छर्किएर आगो लगाएको प्रहरी निरिक्षक ठकुरीले बताए।
‘पक्राउ परेका अभियुक्तले विगत केही वर्षदेखि अर्काको घरमा आगो लगाउदै आएको खुल्यो, हामी अनुसन्धान गर्दैछौ, पक्राउ परेकाहरुले पनि आफूहरुले व्यक्तिगत रिसिईबीका कारण आगो लगाउने गरेको स्वीकार गरेका छन्,’ ठकुरीले भने,‘पक्राउ परेकाविरुद्ध उजुरी पर्न थालेको छ। उनीहरुको पक्राउले स्थानीयले सुरक्षित महसुस गरेका छन्।’