दाङको तुलसीपुरमा एकजना व्यवसायीको घरको छतबाट खसेर मृत्यु भएको छ।
गएराति घरको छतबाट खसेर गम्भीर घाइते भएका प्रजातान्त्रिक उद्योग व्यवसायिक संघका सदस्य ५० वर्षीय वीरबहादुर वलीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले गएराति छतमा सुतेका वली शौचका लागि बाहिर जाँदै गर्दा छतबाट खसेर गम्भीर घाइते भएका थिए ।
घाइते वलीलाई राति नै राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर लगिएको थियो । वलीको सोमबार बिहान २ बजेतिर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।