प्रहरीले अवैध विदेशी मुद्रासहित चिनीयाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।
बिमान बंगलादेशको फ्लाट नं. बीई ०७२ बाट ढाका उड्ने तयारीमा रहेका एक चिनियाँ नागरिकलाई अवैध ३८ हजार १ सय चिनीयाँ युआन र १९ हजार ९ अमेरिकी डलरसहित विमानस्थलबाट पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको विमानस्थल प्रहरीले जनाएको छ।