दाङको देउखुरीमा ट्रक र यात्रुबाहक माइक्रो बस एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ। घटनामा परी ५ जना गम्भीर घाईते भएका छन्।
सनिबार साँझ लमही नगरपालिका वडा नं. ९ रिहार नजिक घोराहीबाट नेपालगञ्ज जाँदै गरेका भे १ ज ६१४ नम्बरको माइक्रो र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६६४८ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा माइक्रोमा सवार यात्रुको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।
लमही नगरपालिका वडा नं. ९ च्याउखोला निवासी २८ वर्षिय खड्गबहादुर वुढा र ठाकुरद्धारा नगरपालिका वडा नं. १ बर्दिया निवासी २० वर्षिय विवेक थारुको मृत्यु भएको हो।
मृतकको शव लमही अस्पतालमा राखिएको छ।
घटनामा परी प्यूठान नगरपालिका वडा नं. ८ निवासी २२ वर्षिय सुस्मा केसी, लमही नगरपालिका वडा नं. ९ निवासी ३६ वर्षिय कमला विक, रोल्पास्थित रुन्टीगढी गाउँपालिका वडा नं. ६ निवासी ३५ वर्षिय तिलकुमारी थापा, सोहि ठाउँ निवासी ७४ वर्षिय सरी पुन, दाङ विजौरी निवासी ४६ वर्षिय वेलकुमारी वोहरा घाईते भएको वार्ड प्रहरी प्रमुख सुरज खड्काले जानकारी दिए।