अपांग सशक्तिकरण केन्द्र (डेक) सुर्खेतको अध्यक्षमा विष्णुप्रसाद शर्मा सर्वसम्मतले चयन भएका छन्।
शुक्रबार वीरेन्द्रनगरमा भएको केन्द्रको १३ औँ चुनावी सभाबाट शर्मा नै पुनः अध्यक्षमा चयन भएका हुन्।
सभाबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। केन्द्रको उपाध्यक्षमा किमसरा खत्री, सचिवमा पूर्णप्रसाद आचार्य, सह–सचिव मोहनमाया थापा र कोषाध्यक्षमा विष्णुप्रसाद भट्टराई सर्वसम्मत चयन भएका छन्। यस्तै, सदस्यहरूमा पूर्ण तिवारी, योगेश शाही, मञ्जु धमला, चन्द्रा हमाल, तोरण अधिकारी र पिमकली ढकाल चयन भएका छन्।
कार्य क्षेत्र बढाउने तयारीमा डेकविगत १३ वर्षदेखि जिल्लामा रही अपाङ्गता भएका व्यक्तिको सशक्तिकरणका लागि काम गर्दै आएको अपाङ्ग सशक्तिकरण केन्द्र सुर्खेतले आफ्नो कार्यक्षेत्र पनि विस्तार गर्ने भएको छ।
अब कर्णाली प्रदेशका सबै जिल्लामा कार्य क्षेत्र विस्तार गर्ने केन्द्रले जनाएको छ।
कार्य क्षेत्र विस्तार गरी प्रदेशमा अपाङ्गता भएका ७ सय बढी व्यक्तिको हक अधिकारका लागि काम गरिने केन्द्रका अध्यक्ष विष्णुप्रसाद शर्माले बताए। देशव्यापी रूपमा चलिरहेको विद्यार्थी भर्ना अभियानका क्रममा पनि अपाङ्गता भएका कोही पनि व्यक्ति नछुट्ने गरी अभियान सञ्चालन गर्न उनले आग्रह समेत गरे।