नेपाल पत्रकार महासंघको प्रदेश अधिवेशनमा तीन ठूला पत्रकार संगठनले भागबण्डा गरेको भन्दै पत्रकार महासंघ कास्कीमा अन्य संघ गठनले नाराबाजीसहित तालाबन्दी गरेका छन्।
पत्रकार महासंघ कास्कीको कार्यालयमा स्वतन्त्र पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन, क्रान्तिकारी पत्रकार महासंघ र नेपाल प्रेस सोसाइटीले तालाबन्दी गरेका हुन्।
उनीहरूले निर्वाचनको वैधतामा प्रश्न उठाउँदै तत्काल सबैसँग छलफल गरी निर्वाचनको प्रक्रिया अघि बढाउन माग गरेका छन् ।
उनीहरूले भागबण्डाका नाममा तीन ठूला संगठनको सिण्डिकेट खारेज हुनुपर्ने माग राखे।