त्रिभुवन विमानस्थलको आन्तरिक उडान र अवतरण ९ बजेपछि सुचारू भएको छ। बिहीबार राति क्वालालम्मपुर उड्न लागेको मालिन्दो एयरको जहाज धावनमार्गबाट चिप्लिएपछि विमानस्थल अवरूद्ध भएको थियो।
विमानस्थलका नायब महाप्रवन्धक राजुकमार क्षेत्रीका अनुसार आन्तरिक उडानका जहाजलाई लामो रनवे नचाहिने भएकाले उत्तरतिरको रनवेबाट उडान र अवतरणको सुचारू गरिएको हो।
अन्तर्राष्ट्रिय उडान सुचारू हुन भने अझै केही समय लाग्ने देखिएको छ। विमानस्थल प्रशासनले १२ बजेपछि उडान सुचारू हुन सक्ने जनाएको छ।
चौरमा चिप्लिएको जहाजलाई पार्किङमा ल्याउने प्रयास भइरहेको छ। डोरीले जहाज तान्न लागिएको छ।