फलामको टुक्रालाई सुन भनेर २८ लाख ठगी गर्ने २ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त स्वयम्भुको प्रहरी टोलीले फलामको टुक्रालाई बाहिरबाट सुन जस्तो पहेलो बस्तुको जलप लगाएर एक किलो सुन भनि बिक्री गर्ने रामेछाप दोरम्बाका अजय तामाङ र विष्णु मोक्तानलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जनाए।
एसएसपी पोखरेलका अनुसार पक्राउ परेकाहरुले भक्तपुर सूर्यविनायकका राजेन्द्र थापालाई एक किलो सुन भन्दै २८ लाख ६० हजारमा बेचेका थिए।
थापाले नक्कली सुन भएको जानकारी पाएपछि उनीहरूविरूद्ध उजुरी गरेका थिए। गएको माघ २३ गते स्वयम्भुका सेतो गुम्बा छेउमा थापाले उक्त सुन किनेका थिए। पक्राउ परेका २ जनालाई ठगी मुद्दा चलाइएको प्रहरीले जनाएको छ।
सोही घटनामा संलग्न झापाका कर्ण लिम्बुको खोजी भईरहेको पोखरेलले जानकारी दिए।
https://www.youtube.com/watch?v=ZMK079-wayE&feature=youtu.be