एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक, वडा कार्यालय–नंग्रेखोला–सार्कीगाउँ–रातोपानी–कट्टी सडक, झ्यालीकुवा–वडा कार्यालय सडक, इँटाभट्टी–सुर्के–थापाटोल–देवीस्थान सडक र सिमेडाँडा–माझ थापाटोल–वडा कार्यालय सडक बुधबार उद्घाटन गरिएको हो।
आर्थिक वर्ष २०७४/७५ मा नगरपालिकाबाट वडा कार्यालयका लागि विनियोजित रु ५० लाखको खर्चमा निर्माण गरिएको पाँच वटा सडक नगर प्रमुख दीपनारायण रिजालले उद्घाटन गरे। चार किलोमिटर लम्बाइ भएको एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक रु ३० लाखको लागतमा र वडा कार्यालय–नंग्रेखोला–सार्कीगाउँ–रातोपानी–कट्टी सडक रु आठ लाखको लागतमा निर्माण गरिएको हो।
यस्तै, झ्यालीकुवा–वडा कार्यालय सडक, इँटाभट्टी–सुर्के–थापाटोल–देवीस्थान सडक र सिमेडाँडा–माझ थापाटोल–वडा कार्यालय सडक रु चार–चार लाखमा निर्माण गरिएको वडाध्यक्ष ललितकुमार राईले बताए। सडक उद्घाटनपछि बाम्राङको सबै टोलमा सहज रूपमा यातायात सञ्चालन हुन थालेको छ।
अग्निपीडित परिवारलाई हङकङबाट राहतप्राकृतिक प्रकोप सहयोग कोषले आगलागीबाट विस्थापित खोटाङ दुर्छिमका चार परिवारलाई राहत रकम प्रदान गरेको छ। गत चैत २५ गते भएको आगलागीमा विस्थापित भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेका पदमराज राई, अकिलराज राई, अगमराज राई र गमराज राईको परिवारलाई प्रतिपरिवार पाँच हजारका दरले राहत रकम प्रदान गरेको हो।
खोटाङ समाज हङकङको पहलमा स्थापना गरिएको कोषबाट अग्निपीडितको सहज जीवनयापनका लागि बुधबार राहत रकम प्रदान गरिएको प्राकृतिक प्रकोप सहयोग कोषका अध्यक्ष भोगेन एक्लेले बताए।रासस