प्रहरी इन्काउन्टरमा मारिएका 'गुन्डा नाइके' मनोज पुनलाई सहयोग गरेको आरोपमा युवा संघका केन्द्रीय सदस्य सुजु मल्ल पक्राउ परेका छन् । रुपन्देही प्रहरीले मल्ललाई काठमाडाैंबाट पक्राउ गरेको हाे ।
बुटवल ७ निवासी मल्ल युवा संघका तत्कालिन अध्यक्ष दुर्गा तिवारी र बलु पौडेलको हत्याको समयमा आवरणमा दिनभरी आन्दोलनमा नेतृत्व गर्ने र रात परेपछि सम्पुर्ण सुचना मनोज पुनलाई पठाउने गरेको प्रहरीले बताएको छ ।
ती घटनाका समयमा दल र प्रहरी प्रशासनसंगको बैठकमा समेत युवा संघको तर्फबाट उनी सहभागी हुने गरेका थिए। बैठकमा भएका सवै सुचना समेत मनोज पुनलाई उपलब्ध गराउदै आएको प्रमाण फेला पारेको प्रहरीले बताएको छ । 'मनोज पुनको प्रहरी ईन्काउन्टरको समय सम्म समेत मल्लले पुनलाई सुचना उपलब्ध गराएको भेटियो' एक अनुसन्धान अधिकृतले भने ।
मल्ललाई अाजै भैरहवा लैजाने तयारी भइरहेको छ।
यसअघि मनोज पुनको सहयोगीको रुपमा रुपन्देही र यस आसपासमा गुण्डागर्दी तथा चन्दा आतंक मच्चाउदै आएका मध्ये बुटवल ७ का उत्तम आचार्य, देवदहका लेखनाथ न्यौपाने, रोशन खड्का र तुल्सीराम न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यसका साथै प्रहरीले बुटवल ४ का मदिरा उद्यमी हरी श्रेष्ठलाई समेत नियन्त्रणमा लिएको छ ।