महानगरीय अपराध अनुसन्धान महाशाखाको जिम्मेवारी आजबाट एसएसपी धीरजप्रताव सिंहले सम्हालेका छन्।
प्रहरी प्रधान कार्यालय नक्सालले वैशाख २ गते एसएसपी सिंहलाई महाशाखामा सरूवाको लागि पत्र दिएको थियो।
साढे ३३ केजी सुन काण्डमा एसएसपी दिवेश लोहनीलाई छानविनको लागि हेडक्वाटर तानिएपछि लोहनीको ठाँउमा एसएसपी सिंहलाई पठाइएको हो।
एसएसपी सिंह यसअघि बाग्मती अञ्चल कार्यालयमा थिए। संगठित अपराध अनुसन्धानमा सिंह दक्ष प्रहरी अफिसरका रुपमा परिचित छन्।