वर्षको तीन दिन मात्र भक्तजनहरुको लागि खुल्ला हुने भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर मन्दिरमा आज अक्षय तृतीयाका दिन चार वटै ढोका खुल्ला गरिएको छ ।
आज अक्षय तृतियाका दिन बिहानैदेखि भक्तजनहरुको लागि मन्दिरका चारै ढोका खुल्ला गरिएको हो। केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अनुसार भक्तजनहरुका लागि अक्षय तृतीया, भदौ ६ गते र शिवरात्रीका दिन सो मन्दिरको सबै ढोका खुला गर्ने गरिन्छ।
पछिल्लो समयमा धार्मिक क्षेत्रका रुपमा परिचित डोलेश्वर मन्दिरमा पूजा आजा गर्न उपत्यकालगायत देश/विदेशबाट समेत भक्तजनहरु मन्दिरमा आउने गरेका छन्।
यसै अवसरमा मन्दिर परिसरमा आज जौंको सातु र सर्वतलगायत फलफूल पनि भक्तजनहरुका लागि वितरण गरिएको थियो।