बैदेशिक रोजगारीबाट फर्किनेलाई प्रयोग गरी नेपाल ल्याइएको २ सय ५० ग्राम अवैध भन्सार छलीको सुनसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरको प्रहरी टोलीले बुधबार साँझ कोटेश्वरबाट अवैध भन्सार छलीको सुनसहित काठमाडौं ठहिँटिका रतनलाल श्रेष्ठ, उदयपुर त्रियुगा नगरपालिकाकि लीला कुमारी श्रेष्ठ र सिराहा लाहान नगरपालिका १५का इन्द्र सदेलाई पक्राउ गरेको परिसर काठमाडौंले जनाएको छ।
बैदेशिक रोजगारीबाट नेपाल बिदामा आउने कामदारलाई प्रयोग गरि उक्त सुन नेपाल भित्र्याएको प्रहरीले जनाएको छ।
सुनसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि राजश्व विभागमा बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको छ।