विराटनगरस्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयमा बम बिस्फोट भएको छ।
सोमबार राति करिब नौ बजेतिर बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। विराटनगर–१३ स्थित भारतीय राजदूतावास सम्पर्क कार्यालयको पश्चिमपट्टिको पर्खालमा बम विष्फोट भएको हो
बिस्फोटबाट भवनको पर्खालमा सामान्य क्षति पुगेको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिए। मोटरसाइकलमा आएका दुई युवाले बम राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
अनुमतिविना भारतले केहीदेखि विराटनगरमा राखेको उक्त कार्यालय हटाउन बेलाबेलामा आवाज उठे पनि नेपाल सरकारले भारतसँग हटाउनका लागि पहल गरेको छैन्।
२०६५मा कोशीमा बाढी आउँदा तटबन्ध फुटेर नेपाल र भारत दुवैतिर डुबान भयो। त्यो संकटको बेला आवागमन सुलभ बनाउने लगायत कारणले विराटनगरमा भारतको सम्पर्क कार्यालय खुल्यो। स्थिति पूर्ववत भइसक्दा पनि भारतले हटाउन चाहेको छैन।