स्वेच्छिक अवकास चाहेकाहरुको विवरण माग गर्दै दोस्रो पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन परेको छ। सूचनाको हक सम्वन्धी ऐनअनुसार चैत १५ गते निवेदन दिएर सूचना मागे पनि मन्त्रालयले अहिलेसम्म सूचना नदिएको भन्दै कर्मचारीले सोमबार पुनः सूचना माग गर्दै लिखित निवेदन दिएका हुन्।
मन्त्रालयका सचिवलाई सम्वोधन गर्दै सूचना मागेको निवेदन मन्त्रालयले १७५४३ नम्वरमा दर्ता गरेको छ। सूचना अधिकारीले १५ दिन नाघिसक्दा पनि सूचना नदिएपछि सूचनाको हक सम्वन्धी दफा ९ अनुसार कार्यालय प्रमुखसंग सूचना मागेको कर्मचारीले बताएका छन्।
स्वेच्छिक अवकास चाहेका कर्मचारीहरु गणेशप्रसाद गुरागाइँ, मित्रप्रसाद खतिवडा, चम्पा महर्जन, राजेन्द्र कुँवर र जुठे नगरकोटीले राष्ट्रिय सूचना अयोगलाई बोदार्थ दिँदै दोस्रोपटक निवेदन दिएका हुन्।
चैत १३ गतेसम्म अद्यावधिक गरेका स्वेच्छिक अवकास चाहेका कर्मचारीको विवरण माग्दै उनीहरुले निवेदन दिएका हुन्। संघ, प्रदेश र स्थानीय तहमा खटिएर जान नचाहेका ९ हजार ६५६ कर्मचारीले सात वर्षको पेन्सन एकमुष्ट लिने गरी स्वेच्छिक अवकास योजनामा निवेदन दिएका छन्।
‘चैत १३ गतेसम्म अद्यावधिक गरेका कर्मचारीको विवरण मन्त्रालयको वेभसाइटमा सार्वजानिक÷उपलब्ध गराइदिनुहुन पुनः निवेदन गरेका छौं’ सूचना माग्दै मन्त्रालयमा दर्ता भएको निवेदनमा उल्लेख छ।
स्वेच्छिक अवकास चाहेका कर्मचारी खतिवडाले सूचनाको हक अनुसार लिखित निवेदन दिएर सूचना मागेपनि मन्त्रालयले सूचना नदिएको बताए। कर्मचारी समायोजन ऐनको व्यवस्थाअनुसार कर्मचारीले स्वेच्छिक अवकास रोजेकोले ऐनअनुसार नै उनीहरुलाई सेवा, सुविधा दिनुपर्ने उनले बताए।
मन्त्रालयले भने स्वेच्छिक अवकास योजना अहिलेका लागि स्थगन गरेको जनाएको छ।
हेर्नुहोस् मन्त्रालयमा सूचना माग्दै बुझाएको निवेदन ।