महानगर प्रहरी परिसर काठमाडौंले दिल्लीबाट काठमाडौं आउँदै गरेको बा ५ ख १२३५ नम्बरको टुरिष्ट बसलाई नियन्त्रणमा लिएको छ।
अवैध रुपमा मोबाइल ल्याउँदै गरेको सूचनाका आधारमा प्रहरीले उक्त बसमा जाँच गरेको थियो।
जाच्ने क्रममा उक्त बसको ड्राइभरको सिटमाथि फल्स बटम बनाई मोबाइल लुकाईछिपाई राखिएको थियो।
काठमाडौं महानगरीय प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले बसमा १३० महंगा मोबाइल भेटिएको र चालकसहित तीनजनालाई पक्राउ गरिएको जानकारी दिए।
पक्राउ पर्नेहरूमा चालकहरू कृष्ण थापामगर, हरिबहादुर श्रेष्ठ र सहचालक भुवनबहादुर भुजेल रहेका छन्।