डिआइजी पुष्कार कार्कीले नेपाल प्रहरीको महानिरीक्षकबारे गरेको निर्णय स्वीकार्ने बताएका छन्।
सेतोपाटीसँग कुरा गर्दै डिआईजी कार्कीले भने, ‘प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको ततविजको कुरा हो, त्यसमा मेरो पुरा सर्मथन छ,’ उनले भने,‘विगतमा कसले कति गर्यो भन्ने कुरा सबैलाई जानकारी छ, अझै धेरै गर्नुछ, अब मिलेर संगठनको छवि अझै उच्च बनाउने हो।’
राज्यले एक सक्षम मान्छेलाई छानेको भन्दै उनले भने, ‘खनाल हाम्रै हुन् आइजीपी भएका छन्। अब काम गर्न झनै सहज हुनेछ, राज्यले एक सक्षम मान्छेलाई छानेको छ। हामी त्यसलाई स्वीकार्नुपर्छ।’
सरकारले मंगलबार नेपाल प्रहरीको नयाँ आईजिपीमा सर्वेन्द्र खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो। खनाल आजैदेखि नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन्।