यती एयरलाइन्सको विमान पोखरा विमानस्थलमा पांग्रा ‘लक’ भएर अवरुद्ध विमानस्थल करिब २ घण्टापछि खुलेको छ।
प्राविधिकको टोलीले विमान मर्मत गरी पार्किङमा लगेपछि विमानस्थल सञ्चालनमा आएको पोखरा विमानस्थल प्रमुख भोला गुरागाईंले बताए।
काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको ९–एनएएचयू कल साइनको जहाजको पोखरामा अवतरणको क्रममा अगाडिको चक्का ‘लक’ भएपछि धावन मार्ग अवरुद्ध भएको थियो।
जहाज पांग्रा ‘लक’ भएपछि जहाज धावन मार्गमा नै अड्किएको थियो। २८ जना यात्रु लिएर पोखरा आएको जहाज सबै यात्रुसहित चालक दलका सदस्यहरू सुरक्षित रहेका छन्। विमानस्थल खुलेपछि पोखरा काठमाडौंका सबै उडान सञ्चालनमा आएका छन्।