नेपालमा प्रहरीमा आइजिपी प्रकाश अर्यालसहित २६ जना उच्च प्रहरी अधिकृत नियमित अवकाशमा जाने भएका छन्।
यही चैत २८ गते बुधबारबाट आइजिपी अर्यालसहित १५ जना एआइजी, ९ जना डिआइजी र १ जना एसएसपी नियमित अवकाशमा जान लागेका हुन्।
एक जना एसएसपी शुभाषचन्द्र चौधरी भने गत सोमबारबाट नै अवकाशमा गइसकेका छन्।
आइजिपी अर्यालसँगै ३० वर्षे सेवा अवधिबाट एआइजीहरु कमलसिंह बम, केशरीराज घिमिरे, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पंकज श्रेष्ठ अवकाशमा जादैँछन् ।
त्यस्तै एआइजीहरु पशुपति उपाध्याय, बमबहादुर भण्डारी, बिजयकुमार भट्ट, बिजयलाल कायस्थ, मधु प्रसाद पुडासैनी, माधव प्रसाद नेपाल, माधवप्रसाद जोशी, मिङ्मार लामा, रणबहादुर चन्द र हेमन्तबहादुर पाल पनि बुधबारबाट अवकाशमा जाने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
त्यस्तै डिआइजीहरु केदारमानसिंह भण्डारी, गणेश केसी, गोबिन्द प्रसाद निरौला, पुष्कलराज रेग्मी, पुष्पचन्द्र रन्जित, रमेशकुमार भट्टराई, रोमेन्द्रसिंह देउजा सुदीप आर्चाय अवकाशमा जान लागेका छन्।
बुधबारबाट नै एसएसपी विष्णुहरी गौतम अवकाशमा जाने छन् भने उनका ब्याजी एसएसपी शुभाषचन्द्र चौधरी ६ वर्षे पदावधिका कारण सोमबार अवकाशमा गइसकेका छन्।
१२ जना डिआइजी पद रिक्त हुदाँ पनि आफूहरुलाई घर फर्काउन बाध्य पारिएको भन्दै एसएसपी चौधरी र गौतमले असन्तुष्टि जनाएका छन्।