काठमाडौं महानगरपालिकाले आफ्नो राजपत्र प्रकाशित गरेको छ।
काठमाडौं महानगरपालिकाले हालसम्म बनाएको नीति, कार्यक्रम र बजेट समेटिएको राजपत्र शुक्रबार एक कार्यक्रमका बीच मेयर विद्यासुन्दर शाक्यले सार्वजनिक गरेका हुन्।
महानगरपालिकाका हालसम्मका सबै गतिविधि सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले राजपत्र प्रकाशित गरिएको पनि मेयर शाक्यले बताए।
स्थानीय सरकार संचालन ऐनमा व्यवस्था भएबमोजिम प्रकाशित गरिएको राजपत्रमा काठमाडौं महानगरपालिकाका हालसम्मका सबै नीतिगत निर्णयहरू उल्लेख गरिएको छ ।
महानगरका नगर सभा र नगर कार्यपालिकाले लिएको नीतिगत निर्णयहरू राजपत्रमार्फत सर्वसाधारणलाई जानकारी लागि प्रकाशित गरिएको छ। महानगरपालिकाका सबै गतिविधिलाई राजपत्रमार्फत् सार्वजनिक गर्दै लैजान पनि मेयर शाक्यले प्रतिबद्धता व्यक्त गरे।
स्थानीय तहमा पनि आफूले बनाएको कानून, ऐन, नियम र बजेटहरु राजपत्रमार्फत् सार्वजनिक गर्ने कानूनी व्यवस्था छ ।