गत मंगलबार अवैध रूपमा रक्तचन्दन र अन्य सामान दिल्लीबाट काठमाडौं ल्याउने क्रममा नियन्त्रणमा लिएको पर्यटक बसको मालिक र बरामद भएको सामानको धनीलाई प्रहरीले पक्राउ गरेको छ।
दिल्लीबाट काठमाडौं आउँदै गरेको बसमा भन्सार छलीका लत्ताकपडा ल्याएको सूचनापछि काठमाडौं प्रहरीले मंगलबार कालीमाटीबाट ना ४ ख ४५१६ नम्बरको बसलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीले सामान मालिक ४३ वर्षीय अमिर कुदिन मियाँ र बस धनी सर्लाही घर भई हाल चावहिल बस्ने नेत्र बहादुर रानामगरलाई बिहिबार पक्राउ गरेको हो।
बसबाट बोर्ड कभर ग्रेड ह्वाइट माइरन लेखिएको १ बट्टामा १० पीर रहेको २० बट्टा, थ्रि प्लकमा १ प्याकेटमा १० पिस जम्मा ३२ प्याकेट, रक्तचन्दनबाट बनाएको ठेकी थान १५ र मालादाना १३०२ पिस, सिल्क बनारसी साडी ६२ थान लगायतका सामग्री बरामद गरिएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।