चितवनको रत्ननगरस्थित एक कुखुरा फर्ममा ३ हजार ७ सय कुखुरा मरेको छ।
रत्ननगरस्थित माधवपुरमा रहेको लामिछाने पोल्ट्री फर्ममा रहेको लेयर्स कुखुराहरू एक हप्तायता मर्न थालेको हो। ४ वटा खोरमा रहेको कुखुरा अचानक मर्न थालेपछि बर्ड फ्लूको आशंका समेत गरिएको छ।
कुखुरा धमाधम मरेकाले बर्ड फ्लूको आशंका गरिएको लामिछाने पोल्ट्री फर्मका सञ्चालक अमृत लामिछानेले बताए। उनु भयो ।
पंक्षी रोग अन्वेषण प्रयोगशालामा गराइएको प्रारम्भीक जाँचको रिपोर्टमा ‘एआइभी पोजिटिभ’ देखिएको थियो। प्रारम्भीक रिपोर्टमा इन्फ्लुइन्जा देखिएको तर कुन प्रकृतिको हो भन्ने अझै नखुलेको जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक डा.विकास श्रेष्ठले जानकारी दिए।
उनले थप अनुसन्धानको लागी स्याम्पल काठमाडौं पठाइएको र रिर्पोट आएपछि मात्रै रोगको एकिन हुने पनि बताए।
चैत १५ गते बेलुका हावाहुरी आएपछि साँझबाट कुखुरा मर्न सुरू गरेको सञ्चालक द्रोणप्रसाद लामिछानेले बताए। ५ हजार १ सय कुखुरा पालेका लामिछानेले अहिलेसम्म ३ हजार ७ सय ३ वटा कुखुरा मरेको र अन्य पनि मर्ने क्रम जारी रहेको छ।
अहिलेसम्म ४० लाख बढीको क्षति भएको दाबी गरिएको छ। मरेको कुखुरालाई खाल्डो खनेर पुर्ने काम भइरहेको पनि फर्मले जनाएको छ।