ठगी मुद्दामा पक्राउ परि सांसदको रोहबरमा छुटेकी एकजना अभियुक्त वेपत्ता भएकी छन्। माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले ठगी मुद्दामा पक्राउ परेकी नुवाकोटकी मेनका पण्डितलाई आफ्नो रोहबरमा छुटाएका थिए।
४५ दिनको दुधे बालक छ म आफैं त्यसको जमानी बस्छु भनेर सांसदले भनेपछि प्रहरीले बुधबार बिहान ७ बजे हाजिर गराउने शर्तमा मेनकालाई छाडेका थिए ।
तर, अहिलेसम्म मेनका नआएको र सांसद तामाङले पनि कुनै खबर नगरेको प्रहरीले जनाएको छ। प्ररहीले सम्पर्क गर्न खोज्दा दुबैको फोन अफ छ।
नुवाकोटकी ३५ वर्षीय मेनका ठगीको अभियोगमा मंगलबार पक्राउ परेकी थिइन्।
मेनकाले सञ्जय पौडेलसँग मिलेर गोलढुंगा ४ मा ३२ आना जग्गाका लागि कीर्तिपुरकी अम्बिका रानासँग ५५ लाख लिएका थिए। अम्बिकाले किन्न खोजेको जग्गा उनीहरुको नभएको भन्दै ठगि आरोपमा रानाले महानगरीय प्रहरी परिसर,काठमाडौंमा उजुरी दिएकी थिइन् ।
मेनका र सञ्जय मंगलबार साँझ पक्राउ परेका थिए।
तर अहिलेसम्म पनि अभियुक्तहरू सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।