आठ किलो चरेससहित एकजना महिला रोल्पामा पक्राउ परेकी छन्।
रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर ५ ठूलोगाउँ निवासी ३८ वर्षीया रामप्यारी झाँक्रीलाई आठ किलो चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डिएसपी ज्ञानेन्द्र फुँयालले जानकारी दिए।
सोमबार बिहान साढे १० बजेतिर ना ३ ख ५६४४ नम्बरको बसमा यात्रारत झाँक्रीको झोला चेकजाँचका क्रममा उक्त परिमाणमा चरेस बरामद भएको प्रहरीले जानकारी दिएको छ। झाँक्रीलाई ईलाका प्रहरी कार्यालय घर्तीगाउँले पक्राउ गरेको थियो। झाक्रीसहित उनी सवार बससमेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको रोल्पाका प्रहरी प्रवक्ता सुदर्शन पन्थीले जानकारी दिए ।