गृहमन्त्री रामबहादुर थापाले देशमा गुन्डागर्दी, लागूऔषधीको कारोबार, तस्करी, बढ्दै गएको बताएका छन्।
सोमबार गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै गृहमन्त्री थापाले खुल्ला सीमाको कारण देशभित्र अर्बौ रूपैयाँ बराबरको तस्करी भएको दाबी गरे। ‘यहाँ खुल्ला सीमानाबाट मात्र होइन विमानस्थलबाट नै तोला र केजी मात्र होइन टनका टन सुन तस्करी भइरहेको छ,’ गृहमन्त्री थापाले भने, ‘नेपाल विश्वका अपराधिहरु लुक्ने सेल्टर समेत भइरहेको छ।’
नेपाल तस्करहरुको बसोबास गर्ने सेल्टर भएको बताउँदै थापाले भने, ‘नेपालमा त हिन्दी फिल्म शोलेका बाउका पनि बाउ पो रहेछन्।’
देशको सीमा क्षेत्रको सुरक्षा र निगरानीको लागि ड्रोन प्रयोग गर्ने उनले बताए।
खुल्ला सीमाको कारण देशभित्र तस्करी र अपराधि आउने क्रम बढेकाले निगरानीको लागि ड्रोन प्रयोगमा ल्याउन लागेको गृह मन्त्री रामबहादुर थापाले जानकारी दिए। ‘प्रविधिको प्रयोग गर्दै सीमामा अब ड्रोनको प्रयोग गर्ने छौं,’ मन्त्री थापाले भने।
यसैबीच गृहमन्त्री रामबहादुर थापाले सबै क्षेत्रमा रहेका सिन्डिकेटको अन्त्य गर्ने दाबी गरेका छन्।
सोमबार गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै गृहमन्त्री थापाले देशमा हुने गरेका सिन्डिकेट जनता र नागरिक समाजसँग मिलेर तोड्ने बताए।
‘अघिल्ला सरकारले पनि सिन्डिकेट तोड्न नखोजेको हैन, तर सम्भव भएको थिएन, हामी अब यसलाई अन्त्य गर्नेनैछौ,’ गृहमन्त्री थापाले दाबी गरे।
उनले केहीदिनदेखि अरनिको राजमार्गमा देखिएको सिन्डिकेट अन्त्य गर्नेसमेत बताए। ‘केही दिनदेखि अरनिको राजमार्गमा यातायात व्यवसायीको सिन्डिकेट चर्चामा रहेको छ। अब सिन्डिकेट गर्नेलाई सरकारले तोड्छ, सिन्डिकेट तोड्नु भनेको भष्ट्र, तस्कर र माफियाको जालो तोड्नु हो,’ मन्त्री थापाले भने।
गृहमन्त्री थापाले देशमा भित्रको एकता, सहिंष्णुता, सद्भाभव तोड्न जातीय, धार्मिक, भौगोलिक र सिके राउत जस्ताको नाममा अस्थिरता पैदा गर्ने काम भइरहेको दाबी गरेका छन्। ‘सिके राउत वा स्वतन्त्र मधेसको नाममा गलत प्रचारबाजी भइरहेको छ,’ मन्त्री थापाले भने, ‘देशभित्र अस्थिरता फैलाउने तत्त्वको पहिचान गरी त्यसलाई निरूत्साहित बनाउन गृहले रणनीतिसमेत तयार पारिसेकको छ।’
देशमा गुन्डागर्दी, लागूऔषधीको कारोबार, तस्करी, बढ्दै गएको मन्त्री थापाले बताए। खुल्ला सीमाको कारण देशभित्र अर्बौ रूपैयाँ बराबरको तस्करी भएको उनले दाबी गरे।
यसैबीच गृहमन्त्री थापाले ८२ बुँदे गृह सुधार कार्ययोजना सार्वजनिक गरेका छन्।
हेर्नुहोस् यस्तो छ उनको सुधार कार्ययोजनाhttps://www.youtube.com/watch?v=MYeVpg-6pF4&feature=youtu.be