गोरु काटेको अभियोगमा पाँचथरमा ६ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा फिदिम नगरपालिका –४ का ३४ वर्षीय देउकुमार तामाङ,३३ वर्षीय सन्तकुमार तामाङ, ५१ वर्षीय विर्खबहादुर तामाङ, २६ वर्षीय सुजन तामाङ, २८ वर्षीय राजकुमार राई र स्याङ्जा घर भई फिदीम नगरपालिका–९ लुम्फाबुङमा बस्दै आएका ३७ वर्षीय सुशिल विश्वकर्मा रहेका छन्।
पक्राउ परेकाहरूमध्ये देउकुमार तामाङको घरमा गोरु काटी रहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
पक्राउ परेकाहरू विरुद्ध गौ हत्या सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए।
तर, मुलुक धर्म निरपेक्ष भइसकेको भन्दै गौ हत्या अभियोगमा प्रशासनबाट पक्राउ गर्ने क्रम नरोकिएको प्रति नेपाल तामाङ घेदुङ पाँचथर सहित नेपाल आदिवासी जनजाति महासँघ पाँचथरले भने विरोध जनाएको छ।