झापाको दमक नगरपालिका ५ दमक चोकमा गुडिरहेकको बसको चक्का लागेर एक जना पैदलयात्रुको मृत्यु भएको छ।
आइतबार बिहान दमक चोकस्थित सडकमा गुडिरहेको मे १ ख ५४३६ नम्बरको बसको चक्का लागेर स्थानीय ७१ वर्षिया हरिमाया पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।
सडकमा हिँड्दै गरेकी पाण्डेलाई बसको चक्का फुस्किएर लागेको थियो।
बसको चक्का लागेर गम्भीर घाइते भएकी पाण्डेको उपचारका क्रममा लाईफ लाईन अस्पताल झापामा मृत्यु भएको प्रहरीले जनाएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।