१२ डिआइजी पद रिक्त हुदाँ हुदै पनि नेपाल प्रहरीका २ जना एसएसपी अवकाशमा जाने भएका छन्।
संघीय प्रहरी कार्यालय जनकपुरमा कार्यरत एसएसपी शुभाष चौधरी र संघीय प्रहरी कार्यालय गण्डकीमा कार्यरत एसएसपी विष्णुहरी गौतम अवकाशमा जान लागेका हुन्।
उनीहरु दुवै जना आइजिपी प्रकाश अर्यालका ब्याचमा बैंकल्पिकमा नाम निकालेका प्रहरी अधिकारी हुन्। उनीहरु यही चैत २६ गते अवकाशमा जादैँछन्।
लोक सेवा आयोगको पदपुर्ति समितिले ३९ दिनअघि नेपाल प्रहरीमा १२ डिआइजी पद रिक्त रहेको र तत्काल नियुक्ती प्रक्रिया अघि थाल्न निर्देशन दिएको थियो।
तर बढुवा सिफारिस समिति, प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले आवश्यक पहल नथाल्दा आफूहरु घर जानुपर्ने अवस्था सिर्जना भएको उनीहरुको भनाइ छ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले आफूहरुलाई अन्यायमा पारेपनि केपी ओली नेतृत्वको सरकारले आफूहरुलाई न्याय दिनेमा आफू ढुक्क रहेतापनि बढुवा प्रक्रिया अघि नथाल्दा घर जानुपर्ने अवस्था आएको चौधरीले बताएका छन्।
उनीहरुकै ब्याजबाट प्रकाश अर्याल आइजिपी भएका हुन् भने अरु सबै डिआइजीमा छन्। उनीहरुभन्दा जुनियर सर्वेन्द्र खनालको ब्याचका पनि धेरै डिआइजी छन्।
उनीहरुभन्दा ३ ब्याच जुनियर सुरेशविक्रम शाह र ठूले राइ पनि डिआइजी भइसकेका छन्।