कास्की प्रहरीले पोखरामा रहेको बालसुधार गृहबाट भागेका एक बालबन्दीलाई स्याङ्जाबाट पक्राउ गरेको छ।
पोखरा लेखनाथ महानगरपालिका वडा १८ सराङकोटमा रहेको बालसुधार गृहबाट जिल्ला दाङ शान्तिनगर एक्लेका १४ वर्षीय प्रविण चौधरीलाई स्याङ्जाबाट पक्राउ गरेको हो।
जबरजस्ती करणी मुद्दामा फागुन २३ मा बाल सुधार गृह सराङकोटमा ल्याएकोमा चैत ३ गतेदेखि चौधरी फरार भएका थिए। बाल गृहकै पर्खाल फड्की भागेको उनलाई कास्की प्रहरीको अनुसन्धान टोलीले भाग्न सक्ने सम्भावित स्थानमा खोज तलास गरी स्याङ्जाबाट पक्राउ गरेको हो। चौधरीलाई प्रहरीले स्याङजाको आँधीखोला गाउपालिका वडा नम्बर ५ जुग्लेबाट पक्राउ गरी पोखरा ल्याएको हो।