इट्टा भट्टामा च्यापिएर सुर्खेतमा एकजनाको मृत्यु भएको छ।
सोमबार बिहान करिब ८ बजेतिर वीरेन्द्रनगरस्थित सूर्य इट्टा भट्टाभित्रको इट्टा निकाल्न गएका बेला पर्खाल भत्किँदा मजदूरको मृत्यु भएको हो।
मृत्यु हुनेमा भारतको बहराईच मटेरा कगर गाँउ बस्ने ४२ वर्षीय सुकइलाल तेली साह रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
दुर्घटनामा परी २ जना घाइते भएका छन्। घाइते हुनेमा मृतक सुकइलालका २१ वर्षीय छोरा बल्लु साह तेलीको खुट्टामा चोट लागेको छ भने सोही ठाँउका ३० वर्षीय मोहम्मद आयमदको पनि खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
घाइतेहरूको क्षेत्रीय अस्पताल कालागाँउमा उपचार भइरहेको छ। घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।