दाङमा भएको सवारी दुर्घटनामा परी परीक्षा दिन जाँदै गरेकी एक जना छात्राको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका १९ विजौरीमा बुधबार पिकअपले ठक्कर दिँदा सोही ठाउँ निवासी १६ वर्षीया पुजा नेपालीको मृत्यु भएको हो।
नेपाली वाल बाटिका बोर्डिङ स्कूलमा कक्षा ८ मा अध्ययनरत थिइन्। दाङमा जारी जिल्ला स्तरीय परीक्षा दिन जाँदै गरेकी नेपालीलाई पिकअपले बिहान ११ : ४५ बजेतिर ठक्कर दिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। दाङमा कक्षा ८ को परिक्षा दिउँसो १ बजेदेखि सञ्चालन गरिएको छ ।
घोराहीबाट–तुलसीपुरतर्फ आउँदै गरेको लु १ च ४६३६ नम्बरको कुखुरा बोक्ने पिकअपले नेपालीलाई विजौरी क्याम्पस चोकमा ठक्कर दिएको थियो । गम्भीर घाइते नेपालीलाई उपचारको लागि राप्ती अञ्चल अस्पतालमा तुलसीपुर पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ। चालक र गाडी प्रहरी नियन्त्रणमा रहेका छन् ।