तत्कालीन एपेक्स बैंकका थप एक जना सञ्चालक पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले संचालक छविरमण अधिकारीलाई पक्राउ गरेको हो।
ब्यूरोले १ अर्ब ५० करोड रुपैयाँ बराबरको रकम घोटला गरेको अभियोगमा शुक्रबार बैकका सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको थियो।