२०७२ साल वैशाख १२ गतेको भूकम्पले भत्काएको नेपाल प्रहरी विद्यालय साँगाको छात्रावास भवनको शिलान्यास गरिएको छ।
बिहिबार प्रहरी विद्यालयका प्रमुख डिएसपी दिनेशराज मैनालीले विद्यालयमा छात्रावास भवनको शिलान्यास गरेका हुन्।
२ करोड ६७ लाख रुपैयाँको लागतमा बन्न लागेको २ तले अत्याधुनिक छात्रावास भवन एक वर्षभित्रमा बनाइसक्ने विद्यालयको योजना छ।
भूकम्पपछि टहरामा समेत बस्दै आएका विद्यार्थी एक वर्षपछि पक्की भवनमा बस्न पाउने भएका छन्। झण्डै तीन वर्षयता विद्यालयको छात्रावास टहरामा थियो।
भूकम्पले भत्काएका भवनसंँगै पुराना भवनको पनि मर्मत गर्ने कार्य भइरहेको विद्यालय प्रमुख डिएसपी मैनालीले जनाए। विद्यालयको विकास गर्न भौतिक पूर्वाधार चाहिने भन्दै विद्यालय व्यवस्थापनले पछिल्लो समय त्यसमा पनि ध्यान दिएको उनको भनाइ छ।
यो पनि हेर्नुहोस्
काँचुली फेर्दै नेपाल प्रहरीको आवासीय विद्यालय, टहरामा बस्दै आएका विद्यार्थी पक्की भवनमा