प्यूठानमा चट्याङबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।
बिहिबार राति गौमुखी गाँउपालिका ढाडखानीमा चट्याङ लागेर स्थानीय डोरबहादुर विकका ५ वर्षीय छोरा बिक्की विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
बालक घरको आँगनमा खेलिरहेका बेला चट्याङ लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।