ताप्लेजुङमा एक जनाले मृग भन्दै आफ्नै भाइलाई गोली हानी हत्या गरेका छन्।
ताप्लेजुङको आठराई त्रिवेणी गाँउपालिका २ सिमलबोटे जंगलमा बिहिबार राति स्थानीय सुवास आङबोहाङले आफ्नै भाइ दिवश आङबोहाङको हत्या गरेका हुन्।
दाजुभाइ सिकार खेल्न राति जंगल गएका थिए। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मृग सम्झेर दाजुले चलाएको भरुवा बन्दुकको गोली लागेर भाइको घटनास्थलमै मृत्यु भएको हो।
दाजु सुवाषसहित अन्य तिनलाई पक्राउ गरी आवश्यक कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ।