बुधबार राति काठमाडौंको गौशालाबाट पेस्तोलसहित पक्राउ परेका गुण्डा नाईके गणेश लामालाई सिडीयो कार्यलयले अनुसन्धानका लागि १० दिन म्याद थप दिएको छ।
लामालाई प्रहरीले हातहतियार तथा खरखजनामा अनुसन्धान गर्न १० दिन म्याद थप गरिएको एसएसपी विश्वराज पोखरेलले जानकारी दिएका छन्।
पक्राउ परेका गुण्डा नाईके गणेश लामाले पेस्तोल आफ्नो नभएको भन्दै मुचुल्का कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए।
नेपाल प्रहरीले प्रयोग गर्ने एक थान पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलीसहित पक्राउ परेका लामाले उक्त हतियार आफ्नो नभएको दाबी गर्दै आएका छन्।
आफूमाथि दुई जना युवाले गोली चलाउँदै गर्दा उक्त पेस्तोल खोसेको लामाको दाबी छ।