लालीको मध्यक्षेत्रमा रहेको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भएको घटनामा संलग्न रहेको आशंकामा चार प्रहरीले सार्वजनिक गरेको छ।
कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीलाई गोली हान्ने चार जना पक्राउ परेका छन्। पक्राउ परेका चारै जनालाई प्रहरीले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ।
घोडाघोडी १ का ४० वर्षीय कमल क्षेत्री, घोडाघोडी–९ का ३६ वर्षीय भरतबहादुर शाह, धनगढी उपमहानगरपालिका–८ का ३० वर्षीय पूर्णप्रसाद खनाल र टीकापुर नगरपालिका–१ का ३० वर्षीय हृदयराज बोगटी रहेका छन्।
पक्राउ परेकाले फागुन २८ गते राति मेयर चौधरीलाई खुकुरी र गोली हानेका थिए। खुकुरीले टाउकोमा र कम्मर मुनिको भागमा गोली लागेर गम्भीर घाइते भएका चौधरीको काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।