राजधानीको गौशालाबाट बुधबार राति पक्राउ परेका गुन्डा नाइके गणेश लामालाई बिहिबार महानगरीय प्रहरी परिसर टेकु लगिएको छ।
६ राउन्ड गोली र पेस्तोलसहित पक्राउ परेका कांग्रेस नेतासमेत रहेका लामालाई बुधबार महानगरी प्रहरी वृत्त गौशालामा राखिएको थियो।
लामाबारे थप अनुसन्धान गर्न उनलाई टेकु ल्याइएको परिसरका डिएसपी मोहनकुमार थापाले सेतोपाटीलाई जानकारी दिए।
लामालाई प्रहरीले हातहतियार तथा खरखजनामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गर्ने भएको छ।
यता पक्राउ परेका लामाले आफूलाई अरू कसैले गोली हान्न खोजेको बेला पेस्तोल खोसेर राखेको दाबी गरेका छन्।