सोमबार युएस बंगलाको जहाज दुर्घटनामा परी दुई पाइलट र ४७ यात्रुको मृत्यु भएको छ। दुई जना चालक दलका सदस्यसहित २२ जना घाइतेको उपचार भइरहेको छ।
नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेका अनुसार दुर्घटनाग्रस्त जहाजबाट ३१ जनाको शव निकालिएको छ। बाँकी १८ जनाको उपचारका क्रममा राजधानीका विभिन्न अस्पतालमा मृत्यु भएको हो।
विमानमा चालक दलका सदस्यसहित ७१ यात्रु थिए। तीमध्ये ३३ जना नेपाली थिए। यात्रुमध्ये १५ बगलादेशमा एमबिबिएस पढ्न गएका विद्यार्थी थिए भने बाँकी नेपाली यात्रुमध्ये धेरै ट्राभल एजेन्सीमा काम गर्ने थिए। मृत्यु भएकामध्ये कति नेपाली थिए भन्ने पुष्टि भएको छैन।
जहाजमा ३२ जना बंगाली १ जना माल्दिभ्सका नागरिक र १ चिनियाँ नागरिक थिए।
बंगलादेशको ढाकाबाट काठमाडौं आएको सो जहाज दिउँसो २ बजेर १८ मिनेट जाँदा अवतरण क्रममा दुर्घटनामा परी आगलागी भएको थियो।