दुर्घटनामा घाइते भएकाहरूको अवस्था बुझ्नको लागि प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइराला, गृहमन्त्री रामबहादुर थापा सिनामंगलस्थित केएमसी हस्पिटल पुगेका छन्।
उनले दुर्घटनाको दुःखद् खबरले स्तब्ध बताएको र दुर्घटनामा निधन भएका यात्रुप्रति श्रद्धाञ्जली र परिवारजनप्रति गहिरो समवेदना ब्यक्त गरेका छन्।
सोमबार दिउँसो दुर्घटनामा परेको युएस बंगला जहाजका ७१ यात्रुमध्ये २८ जनाको मात्र उद्दार भएको छ।
बंगलादेशको ढाकाबाट काठमाडौं आएको सो जहाज दिउँसो २ बजेर १८ मिनेट जाँदा अवतरण क्रममा दुर्घटनामा परी आगलागी भएको थियो।
उद्दार गरेर अस्पताल लगिएकामध्ये पनि केहीको यात्रुको मृत्यु भएको अस्पतालले जनाएका छन्। अस्पतालमा कति जनाको उपचार भइरहेको छ भन्ने एकिन संख्या आएको छैन।
तस्बिर : नारायण महर्जन/सेतोपाटी