प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनास्थलमा पुगेका छन्।
उनले बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आउँदै गरेको विमान दुर्घटनाको दुःखद् खबरले स्तब्ध बताएको बताएका छन्। यसका साथै उनले दुर्घटनामा निधन भएका यात्रुप्रति श्रद्धाञ्जली र परिवारजनप्रति गहिरो समवेदना ब्यक्त गरेका छन्। ‘घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु’, उनले भने।
दुर्घटनाको कारण पत्ता लगाउन सरकारले छानबिन गर्ने पनि उनले जानकारी दिएका छन् ।
सोमबार दिउँसो दुर्घटनामा परेको युएस बंगला जहाजका ७१ यात्रुमध्ये २८ जनाको मात्र उद्दार भएको छ।
बंगलादेशको ढाकाबाट काठमाडौं आएको सो जहाज दिउँसो २ बजेर १८ मिनेट जाँदा अवतरण क्रममा दुर्घटनामा परी आगलागी भएको थियो।
उद्दार गरेर अस्पताल लगिएकामध्ये पनि केहीको यात्रुको मृत्यु भएको अस्पतालले जनाएका छन्। अस्पतालमा कति जनाको उपचार भइरहेको छ भन्ने एकिन संख्या आएको छैन।
त्रिभुवन विमानस्थल अहिले अनिश्चितकालका लागि बन्द गरिएको छ।