नेपाल विद्यार्थी संघले शैक्षिक सत्र शुरु हुँदा पनि पाठ्यपुस्तक नपाउने अवस्था बारम्बार दोहोरिएकाले यस वर्ष समयमै उपलब्ध गराउन माग गरेको छ।
संघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा मंगलबार लिमिटेडको कार्यालय भक्तपुर पुगेर जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका निर्देशक सुजन नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
विगतका वर्षमा पुस्तक छपाइमा ढिला हुँदा दुर्गमका जिल्लाहरुमा शैक्षिक सत्र शुरु भएको केही महिना पछि मात्रै पाठ्यपुस्तक पुग्ने गर्दा पठनपाठन प्रभावित हुँदै आएको छ ।
ज्ञापनपत्र बुझाउँदै महामन्त्री काफ्लेले समस्या आइसकेपछि गुनासो गर्नुको अर्थ नहुने भन्दै यसवर्ष समयसमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्ने व्यवस्थाका लागि आफुहरुले ध्यानाकर्षण गराएको बताए ।