प्रहरीको फरार सूचीमा रहेका एक युवकलाई प्रहरीले भारतको दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको छ।
नेपाल प्रहरीको इण्टरपोल शाखाले लोडु डिमेलाई सोमबार बिहान एयर इण्डियाको फ्लाइटबाट नेपाल ल्याइएको हो।
डिमेलाई अवैध रूपमा वन्यजन्तुको छाला ओसारपसार तथा विक्री वितरण मुद्दामा पुनरावेदन अदालत पाटनले २०७१ साल फागुनमा पाँच वर्ष कैद फैसला सुनाएको थियो।