काठमाडौं र ललितपुर महानगरको फोहोरमैला व्यवस्थापनमा जापान सरकारले सहयोग गर्ने भएको छ।
जापान भ्रमणमा रहेका ललितपुरका मेयर चिरिबाबु महर्जन र काठमाडौंका उपमेयर हरिप्रभा खड्गीलाई जापानको वातावरण मन्त्रालयको राज्यमन्त्री इटोेले फोहोरमैला व्यवस्थापनमा सहयोग गर्ने बताएको हुन्।
फोहोर व्यवस्थापनको भ्रमण अवलोकनका लागि गत १२ गते उनीहरु जापान गएका थिए।
भ्रमण अवलोकनमा जापानमा फोहोर उत्पादन, संकलन, अन्तिम व्यवस्थापनको चरण, ल्याण्डफील्ड साइटको व्यवस्थापन, फाहोर न्युनिकराणका उपायबारे छलफल भएको जनाइएको छ।
भ्रमण टोली आज नेपाल फर्कदैछ।
दुई महानगरले फाहोरमैला व्यवस्थापनमा विभिन्न समस्या झेल्दै आएको छ।