दाङ क्षेत्रमा पर्ने नेपाल–भारत सीमाना क्षेत्रमा ५९ वटा सीमा स्तम्भ पनुः निर्माण गरिएको छ । दुई देशको सहमतिमा जीर्ण अवस्थामा रहेका ५९ वटा सीमा स्तम्भहरु पुनः निर्माण गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले सेतोपाटीलाई बताए ।
श्रेष्ठले नेपाल र भारत सरकारको सहमति अनुसार नेपालले बिजोर र भारतले जोर नम्वरका सीमा स्तम्भहरु विगत दुई/ तीन वर्ष यता निर्माण कार्य जारी रहेको बताए ।
भारतसंग सीमाना जोडिएको दाङको भू–भागमा दुबै पक्षले सहमतिका आधारमा सीमा स्तम्भहरु पुनः निर्माणको कार्य जारी राखेको नेपालको नापी विभागवाट खटिएका उपसचिव बलराम पोखरेलले सेतोपाटीलाई जानकारी दिए । नेपालको तर्फवाट पोखरेल नेतृत्वको टोली सीमास्तम्भ पुनःनिर्माणको लागि खटिएको छ भने भारतको तर्फवाट अनुराग कुमार शर्माको नेतृत्वमा मर्मत तथा सीमास्तम्भ पुनःनिर्माण टोली खटिएको छ ।
भारत सँग जोडिएको दाङको भूभाग ८३ किलो मिटरमा कुल ७७ वटा सीमा स्तम्भहरु रहेको ३७ मुख्य र ४० वटा सहायक स्तम्भ रहेकोे सीमा सुरक्षाको रेखदेख र संरक्षणका लागि खटिएका बोडर आउट पोष्टका इञ्चार्ज तथा सशस्त्र प्रहरीका प्रहरी निरीक्षक ईश्वर डिसीले बताए । दाङको ८३ किमीको दुरीमा ७७ वटा मुख्य र सहायक गरि कुल ७७ स्तम्भहरु रहेता पनि त्यसमध्ये एउटा सहयाक स्तम्भ भने खोलाले बगाएको डिसीले बताए ।
उनले गढवा गाउँपालिका वडा नं. ८ खबरीस्थित खवरी खोलाले एउटा सहायक स्तम्भ बगाएको हुँदा हाल ७६ वटा स्तम्भ मात्रै रहेको जानकारी दिए । तर बगाएको सहायक स्तम्भ कहाँ थियो ? भन्ने स्पष्ट प्रमाण सशस्त्र प्रहरीसंग सुरक्षित रहेको उनले सेतोपाटीलाई बताए ।
अहिले सम्म नेपाल र भारतले ५९ वटा सीमा स्तम्भ पुनः निर्माण गरिसकेको जानकारी दिएका डिसीले हालसम्म नेपालले १४ मुख्य र २१ सहायक सिमा स्तम्भ पुनः निर्माण गरिसकिएको छ। अब दाङ र बाँकेको सीमानामा पर्ने बाँकी ४ वटा मुख्य र १ सहायक सीमा स्तम्भ नेपालको तर्फवाट पुनः निर्माण गर्न बाँकी रहेको डिसीले जानकारी दिए ।
भारतीय पक्षले हालसम्म ११ मुख्य र १३ वटा सहायक सीमा स्तम्भहरु पुनः निर्माण गरिसकेको डिसीले बताए । अब भारतको तर्फवाट अब ७ वटा मुख्य र ५ वटा सहायक सीमाना स्तम्भहरु निर्माण गर्न बाँकी छ ।
पुनः निर्माण तथा मर्मतको कामसंगै पुनः निर्माण गरिएका सीमा स्तम्भको पेन्टिङ र नम्वर लेख्ने कार्य जारी रहेको बोडर आउट पोष्टका सञ्चारमा कार्यरत सुन्दर केसीले जानकारी दिए ।
दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले यसै वर्षभित्र सबै सीमा स्तम्भ पुनः निर्माण भइसक्ने जानकारी दिएका छन् । हुँदा बाँकीमा पनि कुनै समस्या नआउने बताए ।
तस्विर सौजन्य – सुन्दर केसी (सशस्त्र प्रहरी जवान)