जबरजस्ती करणी मुद्दाका एकजना फरार अभियुक्त पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ राजापुर निवासी ३८ वर्षीय अभियुक्त राकेश नेपालीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
अभियुक्त नेपाली पछिल्लो समय गाउँ घरमै लुकीछिपी बस्दै आएको भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा उनी राजापुरस्थित आफ्नो घरबाटै पक्राउ परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।
नेपालीलाई तत्कालीन पुनरावेदन अदालत तुलसीपुरले २०७० असार १४ गते करणी मुद्दामा दोषी ठहर गर्दै २ वर्ष जेल सजाएको फैसला गरेको थियो। नेपाली १० महिना १७ दिन पुर्पक्षका क्रममा नेपाली थुनामा बसेका थिए।
उनले अझै बाँकी १ वर्ष १ महिना १३ दिन कैद भुक्तानी गर्न बाँकी छ। अदालतको फैसला लगत्तै उनी फरार रहँदै आएका थिए। पक्राउ परेका नेपालीलाई बाँकी कैद भुक्तानको लागि दाङ देउखुरी जिल्ला अदालत पठाइएको प्रहरीले जानकारी दिएको छ।