पोखरामा होली खेल्ने क्रममा घरको छतबाट खस्दा एक बालकको ज्यान गएको छ। पोखरा लेखनाथ महानगरपालिका २ विन्ध्यवासिनीका ११ वर्षिय आविष्कार रेग्मी घरको छतबाट खस्दा ज्यान गएको हो।
उनको पोखराको फिस्टेल हस्पिटलमा उपचारका क्रममा ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए। होली खेल्ने क्रममा आफ्नै घरको दुई तला माथिबाट खस्दा रेग्मीको टाउकोमा चोट लागेको थियो।