पर्सा प्रहरीले बुधबार राती वीरगञ्जमा भएको गोली प्रहार घटनालाई छानबिन गरी अभियुक्तहरूलाई सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा गोली लागेर घाइते भएका विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ स्थायी घर भई वीरगञ्ज १३ रानीघाटमा बस्दै आएका अरविन्द र भीम भन्ने उमेशप्रसाद चौरसियाकी श्रीमती वर्ष २३ की प्रियंका चौरसिया, प्रियंकाका प्रेमी विकेन्द्रकुमार गुप्ता र वर्ष २७ का मनोज गुप्ता र बन्दुक चलाउने २५ वर्षिय मुन्ना साह कानु रहेका छन्।
त्यसैगरी, ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ। ३५ वर्षिय उमेश माथि राती साढे ९ बजे ना ३४ प १०३ नंको रातो रंगको प्याशन प्रो मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली प्रहार गरी हत्या प्रयास गरेका थिए।
अनुसन्धानको क्रममा उमेशको हत्यामा निजकै पत्नी प्रियंकाको हात रहेको बताएको छ। प्रियंकाले प्रेमी विकेन्द्रसँग मिलेर हत्याको योजना बुनेकी थिइन्।