प्रहरीले मकवानपुरबाट दुई क्विन्टल गाँजा बरामद गरेको छ।
चितवनको सशस्त्र प्रहरी बल गणिमाई गण भण्डाराबाट गस्तीमा गएको सशस्त्र प्रहरीको टोलीले बिहिबार बिहान मकवानपुरस्थित राकसिराङ गाउँपालिका ६ बाट २ सय ३ किलो अवैध गाँजा बरामद गरेको हो।
चितवन र मकवानपुर जिल्लाको सीमा क्षेत्रमा पर्ने डाबराङ गाउँको एउटा गोठमा १३ वटा बोरामा लुकाईछिपाई राखेको गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल गणिमाई गण भण्डाराका निमित्त प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
भौगोलिक रूपमा विकट रहेको सो क्षेत्रमा व्यवसायिक रूपमा नै गाँजा खेती हुँदै आएको छ। प्रहरीले वर्षेनी उक्त क्षेत्रमा गएर गाँजा फडानी गरेर नष्ट गर्ने गरेको छ।