पोखरामा होली खेल्ने क्रममा घरको छतबाट खस्दा एक बालक गम्भीर घाइते भएका छन्।
पोखरा लेखनाथ महानगरपालिका २ विन्ध्यवासिनीका ११ वर्षीय आविष्कार रेग्मी घरको छतबाट खस्दा गम्भीर घाइते भएका हुन् । उनको पोखराको फिस्टेल हस्पिटलमा उपचार भइरहेको कास्कीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए।
घाइते रेग्मीको टाउकोमा चोट लागेको छ। होली खेल्दा उनी आफ्नै घरको दुई तला माथिबाट खसेका हुन्।
प्रहरी प्रवक्ता खत्रीले होलीको बेलामा आफ्ना छोराछोरी कसरी र कहाँ सुरक्षित तरिकाले होली खेलेका छन् कि छैनन्? सबै अभिभावकले ख्याल गर्नुपर्ने बताए ।